Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भियतनामसंग बहुपक्षीय सम्बन्ध सुदृढ र सुमधुर हुन्छ : प्रधानमन्त्री

बागमती – ७ दिने विदेश भ्रमरणको क्रममा रहनु भएको प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामसंगको भेटघाटमा बुद्धका विचार र आर्दशको विषयमा चर्चा गरेको बताउनु भएको छ । उहाँले भियतनाम भ्रमण जाने क्रमममा २ ओटा उद्देश्य राखेको बताउँदै उहाँले आफुले राखेको उद्देश्य पुरा भएको बताउनु भएको हो ।

अन्तराष्ट्रिय स्तरमा बुद्धको बुद्धत्व , सन्देशको सान्दर्भिकता विषयमा चर्चा गर्ने अवसर मिल्यो उहाँले भन्नुभयो । उहाँले भियतनाम लामो समयदेखिका मित्रहरू हुन् जसको कूटनीतिक सम्बन्ध स्थापित भएको करिब चार दशक भएको स्मरण गराउँदै कूटनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय सम्बन्ध सुदृढ र सुमधुर हुने स्पाष्टीकरण दिनुभएको छ । उहाँले व्यापार विस्तार हुने जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले हाम्राजस्ता समानता भएका देशसँग सहकार्य र एकता अगाडि बढाउँछौं। हिजोका दिनमा हामीले असंलग्न आन्दोलनलाई निकै मजबुत बनाएको बताउनु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE