Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026

स्थानीय चुनाव हुन्छ फागुनभित्रै हुन्छ : प्रधानमन्त्री ओली

१० बैशाख, काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो फागुनभित्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।

शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय निर्वाचनका विषयमा बोल्दै तयारीमा लाग्न निर्देशन समेत दिनुभएको हो ।

बैठकमा ओलीले फागुनभित्र स्थानीय तहको निर्वाचन हुने भन्दै तयारीमा जुट्न निर्देशन दिएको एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार जुनसुकै अवस्थामा पनि निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने बताउदै, चुनावका लागि तयार भएर बस्न प्रधानमन्त्रीले  पार्टीपंक्तिलाई आग्रह गर्नुभएको छ  ।

WRITE COMMENTS FOR THIS ARTICLE