Date
शनि, मंसिर २८, २०८२
Sat, December 13, 2025

सभामुख सापकोटाले आज संविधानविदहरुसँग परामर्श गर्दै

सभामुख सापकोटाले आज संविधानविदहरुसँग परामर्श गर्दै

१३ जेठ, काठमाडौं– सभामुख अग्नि सापकोटाले आज संविधानविद्हरूसँग परामर्श गर्नुहुने भएको छ । सभामुख सापकोटाले आज दिउँसो १ बजे संसद भवनमा संविधानविद्हरुसँग परामर्शको कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन भएयता सभामुख सापकोटाले सो कदम असंवैधानिक भएको बताउँदै आउनुभएको छ ।

आजको छलफलमा सभामुख सापकोटाले कानुन र न्यायिक क्षेत्रका विज्ञहरुलाई छलफलका लागि बोलाउनुभएको सभामुख सापकोटाका प्रेस संयोजकले बताउनुभयो ।

यसअघि गत बुधवार सभामुख सापकोटाले पूर्व सभामुखहरुसँग पनि छलफल गर्नुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE