रेड पाण्डाको छालासहित एक पक्राउ
रेड पाण्डाको छालासहित एक पक्राउ
२५ जेठ, कैलाली– प्रहरीले रेड पाण्डाको छालासहित कैलालीबाट एक पुरुषलाई पक्राउन गरेको छ । पक्राउन पर्नेमा बझाङ बित्थड गाउँपालिका–५ देउलेख बस्ने २३ वर्षीय अमर धामीलाई रहेका छन् ।
प्रहरीले उनलाई कैलालीको गोदावरी नगरपालिका–५ गेटा सामुदायिक बनबाट १ थान रेड पाण्डाको छाला सहित पक्राउ गरेको हो ।
उक्त वनबाट रेड पाण्डाको छाला बोकी लगेको भन्ने सूचानाको आधारमा संघीय प्रहरी ईकाई कार्यालय धनगढीबाट खटिएको प्रहरीले धामीले बोकी राखेको अवस्थामा उक्त छाला सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
धामीलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेती कैलालीको जिम्मा लगाएको संघीय प्रहरी ईकाई कार्यालय धनगढीले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE