लागूऔषध ब्राउनसुगर सहित एक पक्राउ
लागूऔषध ब्राउनसुगर सहित एक पक्राउ
२८ असार, काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले इटहरी उममहानगरपालिका–४ गैरीगाउँ डेरा गरी बस्ने तेह्रथुम म्यागलुङ्ग घर भएका ३४ वर्षीय दुर्गा बहादुर रसाईलीलाई ५३ ग्राम २ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर, नगद ९८ हजार १ सय ७५ रुपैयाँ र १ थान तौल नाप्ने डिजिटल उपकरण सहित आइतबार साँझ पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उनको साथबाट उक्त लागूऔषध, नगद र उपकरण सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले अभियुक्त उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE