गोरखामा पहिरोजाँदा स्थानीय खोला थुनियो, ७० घरधुरी सुरक्षित स्थानमा सारिए
श्रावण १०, गोरखा
गोरखाको धार्चे गाउँपालिका–७ मा पहिरो जाँदा स्थानीय नौलीखोला थुनिएको छ । लापुस्थित मापुडाँडामा गएको पहिरोले शुक्रबार रातिदेखि खोला थुनिएको हो । स्थानीयका अनुसार करिब ९–१० घण्टा देखी पहिरोका कारण नोलीखोला थुनिएर ताल बनेको छ । मापुमा डाँडा नै भासिएको र पहिरो जाने क्रम शनिबार बिहानसम्म पनि नरोकिएको स्थानीयले जनाएका छन् ।
पहिरो गएको क्षेत्रभन्दा तल रहेका नौलीखोला, नयाँबस्तीदेखि झरनासम्मका स्थानीयलाई अहिले सुरक्षित ठाउँमा सारिसकिएको छ । करिब ७० घरधुरी जोखिममा छन् । खोलानजिकैको गाउँका स्थानीय सुरक्षित ठाउँमा सरिसकेको र जोखिममा रहेका अरू बस्ती पनि सुरक्षित स्थानमा सर्ने क्रममा रहेको छ । पहिरो जाँदा ठूलो ढुंगाहरु खसेर खोलामा बसेका कारण पानीले निकास नपाएको स्थानीयले जनाएका छन् । अहिले ताल झन्-झन् ठूलो हुँदै छ गइरहेको छ ।
खोला थुनिएपछि उक्त क्षेत्रमा अहिले पैदल आउजाउ समेत बन्द गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भएको छ । नेपाली सेना र नेपाल प्रहरीसहितको टोली घटनास्थल पठाइएको उहाँले जानकारी दिनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE