Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सरकारले विश्वविद्यालयलाई कम्युनिस्टकरण गरेको भन्दै त्रिविमा नेविसंघले गर्यो आन्दोलन

३० असाेज 
काठमाडौं – नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय भएका विभिन्न घटनाक्रमलाई लिएर आन्दोलन गरेको छ ।

संघका पुर्व केन्द्रीय सदस्यहरु रत्नहरी ढुंगेल, जानुका पन्त , नवराज त्रिपाठी, त्रिवि पुर्व अध्यक्ष श्यामचन्द्र अधिकारी लगायत नेताहरुको उपस्थितिमा आन्दोलन भएको हो ।

त्रिवि गेटबाट मोटरसाइकल र्‍याली सहित गएका विद्यार्थीहरुले विश्वविद्यालय पदाधिकारी र सरकारका विरुद्ध नाराबाजी गर्दै उपकुलपति कार्यालय अगाडि कोणसभा गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरूले वर्तमान सरकारले विश्वविद्यालयलाई कम्युनिस्टकरण गर्न खोजेको, आस्थाका आधारमा विश्वविद्यालय पदाधिकारीहरुले विद्यार्थी नेता तथा संगठनलाई लाखा पाखाको व्यबहार गरेको, नेविसंघ सँग गरिएका सम्झौताहरु कार्यान्वयन नगरेको तथा संघका नेताहरु लाई झुटा आरोप एवं मुद्दा लगाइ पसाउन खोजेको आरोप लगाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE