ब्राउनसुगरसहित झापाबाट दुईजना पक्राउ
ब्राउनसुगरसहित झापाबाट दुईजना पक्राउ
११ असार, काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित झापाबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले झापा गाउँपालिका–२ झापा बजारबाट ७ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँका ३२ वर्षीय बिशाल मडीलाई पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी झापाकै बाह्रदशी गाउँपालिका–२ जनता बजारबाट पनि १६ ग्राम ५ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ बस्ने २७ वर्षीय प्रशान्त बिक्रम थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको मे. ८ प १६४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ब्राउनसुगर फेला पारी मोटरसाइकलमा सवार थापालाई पक्राउ गरेको हो ।
उक्त मोटरसाइकलका चालक फरार भएकोले प्रहरीले खोजी गरिरहेको जनाएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरीले अर्को गाडीमा सवार अन्य ४ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE