Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

सेयर बजार ‘बाउन्स ब्याक’, नेप्से ७९.४३ अंकले बढ्यो

सेयर बजार ‘बाउन्स ब्याक’, नेप्से ७९.४३ अंकले बढ्यो

८ असार, काठमाडौं– लगातार पाँच दिनदेखि घटेको सेयर बजार अन्ततः ‘बाउन्स ब्याक’ भएको छ ।

सेयर कारोबार परिसूचक नेप्से आज फेरि ७९ दशमलव ४३ अंकले बढ्दै ‘बाउन्स ब्याक’ भएको हो । नेप्से आज २ हजार ९१३ दशमलव ८४ विन्दूमा पुगेर बन्द भएको हो ।

सुरुवातको केही मिनेट उत्तारचढाव देखिएको बजार केही समयपश्चात नै उकालो लाग्न सुरु भएको थियो ।

यद्यपि बजारमा आज कारोवार रकममा भने केही सुस्तता देखिएको थियो । बजारमा आज कुल १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९ सय ५७ रुपैयाँको कारोवार हुँदै नयाँ रेकर्ड कायम भएको हो ।

आज नेप्सेमा सूचीकृत २ सय २५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज सर्वाधिक कमाउँदै सर्किट ब्रेक लाग्ने कम्पनीमा जानकी फाइनान्स, बरुण हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटी एण्ड इन्भेस्टमेन्ट कम्पनी, गढी ग्रुप पावर र पञ्चकन्या माई हाइड्रोपावर रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE