धन्वन्तरी जयन्ती र काग तिहारको यस्तो छ धार्मिक महत्व !

काठमाडाैँ
मिति २०७७ साल कार्तिक २८ गते शुक्रबार कार्तिककृष्णपक्ष त्रयोदशी तिथी अपरान्हस् ४ र १२ बजेसम्म त्यस उप्रान्त चतुर्दशी तिथी आरम्भ भएकोले यो दिन धनवन्तरि जयन्ति हो।कश्यप पुत्र देवता र असुरहरु मिलेर समुद्र मथन गरेपछि अद्भुत पुरुष राम्रो ,श्याम बर्ण ,पराक्रमि अमृतको कलश लिनुभएको श्रीविष्णुको अंश प्रसिद्ध श्रीधनवन्तरिको प्रादुर्भाव भएको थियो।
जसले आयुर्वेद प्रवर्तक भइ सम्पूर्ण ज्ञान प्राप्त गरेर आज विश्वलाई जीवन जिउने कला सम्वन्धि ज्ञान दिनु भएको छ।
वहाँलाई नमन गर्दै फेरी यो दिन काग तिहार भएकोले यमराजको दुतको सन्देस बाहक रुपमा कागको पूजा गर्ने चलन छ।हाम्रो धर्ममा काग ,कुकुरलाई चढाएर खानु भनेको हुनाले यो धर्म बैज्ञानिक छ।किनकी हिटलर जस्तोले आफ्नु खाना चाख्ने मान्छ राखेको थियो।
त्यो खान चाख्ने मानिसले पनि पूर्वीय दर्शन पढेको हुनाले पकाएको खाना पहिला काग र कुकुरलाई दिने गर्दथ्यो अनि पछि आफु खाने गर्दथ्यो।यो कुरा हिटलरले थाहा पाएपछि उसलाई सोध्यो यो काग र कुकुरलाई किन दिएको भन्दा उसले भन्यो यदि खाना पकाउने मानिसले हजुरले खाने खानामा बिस हालेको रहेछ भने मैले पहिला खाना खाँदा म मर्नेछु।त्यहि भएर पहिला काग र कुकुरलाई खाना दिएको हुँ।यसरि दिंदा पहिला काग र कुकुरत मर्ने भए र आफु बाँचिने भइयो भन्दा हिटलर भन्छ यो ज्ञान तैंले कहाँबाट पाइस भन्दा खाना चाख्ने मान्छे भन्छ पूर्वीय दर्शनबाट भन्दा अनि हिटलरले पनि पूर्वीय दर्शनलाई मानेको थियो।एकापटि काग र कुकुरलाई चढाएको पनि हुर्ने धार्मिक दृष्टिलेैअर्कोतर्फ आफु पनि बचिर्ने बैज्ञानिक दृष्टिलेैत्यसैले काग र कुकुरलाई चढाएर खानु पर्दछ।
तिहार दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरुमा एउटा हो ।यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ।
हिन्दू धर्मावलम्वीहरुलेले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् ।यस पर्वको नाम हिन्दी शव्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यसलाई दीपावली अनि दिवाली नामले पनि जानिन्छ।
पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरु छन्
सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।
यसरी रहँदा(बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई ूजे मन लाग्छ वर मागू भन्दा यमुनाले ूहरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी(भाइ दाजु(बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्ू भन्ने वरदान मागिन्।
यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ।
कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ ।काग अत्यन्त चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो ।यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा(फट्याङग्राहरू खाइदिन्छ ।फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्नुका साथै भूकम्प वा कुनै दैवी विपत्ति आउँदा पहिले थाहा पाउने काग ग्रहण लागेका बेला कराउने गरेको छ ।
कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ ।काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो ।त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।
यो दिन जसले साँझमा आफ्नो घरको ढोकामा बत्ति बाल्दछ ‘मृत्युना पाशदण्डाभ्यां कालेन च मया सह ,त्रयोदश्यां दिपदानत् सूर्यज स्प्रियतामिति’र अर्थात् त्रयोदशीको दिन दिपदान गर्नाले मृत्यु ,पाश ,दण्ड ,काल र लक्ष्मीकोसाथ सूर्यननन्दन यम प्रसन्न हुनुहुनेछ।त्यसैले यो दिन ढोकामा दिपदान गर्नाले उसलाई अपमृत्युको भय हुँदैन।भइहाले पनि उसले यमराजको पुर्र नरक लैजानुपर्दैन।
पं बालमुकुन्द देवकोटा
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE