भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ : प्रधानमन्त्री ओली
३ असोज
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध बोल्नुपर्दा आफू मुखमा पानी हालेर नबोल्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले कर्मचारीतन्त्र र सरकारको कुनै अंग पनि भ्रष्टाचार नियन्त्रणमा बाधक नबनेको बताउनुभयो ।
‘अब हामी सबै किसिमका संकीर्णता र आग्रह पूर्वाहग्राहहरु छोडर विकास उन्नततिको बाटोमा एकताबद्ध भएर लागौँ । सुशासन र पारदर्शिता विकासको अत्यावश्यक शब्द हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अख्तियारको दुरुपयोग, भ्रष्टाचार, अनियमितता नियन्त्रण चुनौतीपूर्ण रहेको छ ।
मैले पटक-पटक भन्दै आएको छ, भष्ट्राचारर गर्दिनँ, गर्न दिन्नँ र भष्टाचारीको विरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।’ उहाँको यो भनाइ भ्रष्टाचारविरूद्ध अस्पष्ट नभएर प्रस्ट अडानमा रहेकोतर्फ लक्षित थियो ।
नेपालमा अझै पनि कतिपय कानुनी कुराहरु अपष्ट भएकाले विकासमा अघि बढ्न कठिन रहेको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले विकसित देशहरु पनि केही वर्षअघि हाम्रो देशजस्तै रहेको भन्दै कालो(गोरो भन्ने कुरा त्यागेर विकासलाई हेरेर अगाडि बढेको बताउनुभयो ।
‘तर विकास रोकिएको छैन’
प्रधानमन्त्रीले हामी केही पछि परे पनि महामारीको अवधिमा पनि विकास कार्य नरोकिएको बताउनुभयो । उहाँले नेपालमा दातृ मुलुकको सहयोग बढी रहेको बताउँदै बैंक क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गर्नुभयो । ‘उद्योग(व्यवसायहरू रुपमा सञ्चालन भइरहेकै छन्, लकडाउनमा पनि विकास निर्माणका काम भएका छन्,’ उहाँले भन्नुभयो ।
तर महामारीकै कारण केही राष्ट्रिय गौरवका आयोजनाहरु उद्घाटन हुनमा ढिलाइ भएको भने उहाँले स्वीकार्नुभयो । ‘भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हुने थियो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन शुरु भएको हुने थियो ।
मेलम्चीको पानी आउन थालेको हुने थियो । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको हुने थियो । धरहरा निर्माणको कार्य सकिने थियो । निजी आवास पुनर्निर्माणको काम पूर्ण रुपमै भइसकेको हुने थियो,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘तर यी काम समयमै सम्पन्न हुन सकेनन् ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE