Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

‘माधव नेपाल तिमीलाई गरिबको आँशुले झैँ पोल्नेछ’ : ओली

३० भदौ, बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गरिबको आँशुसंग तुलना गर्नुभएको छ । बुधबार रुपन्देहीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले छाडेका नेपाललाई गरिबको आँशुले झैँ पोल्ने ठोकुवा गर्नुभएको हो ।

एमाले अध्यक्ष ओलीले नेकपा (एस) का अध्यक्ष आफ्नो पार्टी भत्काए अन्य दलको सरकारलाई समर्थन गरेको भन्दै एमाले विरोधी, जनविरोधी अपराधी भएको आरोप समेत लगाउनुभयो । नेपालले पार्टीलाई ध्वस्त पारेको भन्दै उनले जनविरोधी अपराधी भएको बताउनुभएको थियो । साथै ओलीले सरकारको विरोध गर्दै वतृमान सरकारले विकासका काम देख्नै नसक्ने आरोप लगाउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE