Date
बिहि, बैशाख २५, २०८२
Thu, May 8, 2025

प्रदेशसभा सांसद वलीको निधन

काठमाडौं ।  सावारी दुर्घटनामा परी गम्भिर घाइते भएका प्रदेशसभाका सांसद उत्तरकुमार वलीको निधन भएको छ ।  बिहीबार राति १ बजे मेडिसिटी अस्पताल काठमाडौँमा उपचारका क्रममा वलीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

माघ २४ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद वली सवार कार र बस गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै दुर्घटनामा परेको थियो । सांसद ओलीको दुर्घटना भएको १६ दिनसम्म होस खुलेको थिएन । संसद बैठक सकेर दाङ फर्कँदै गर्दा कार र बस ठोक्किएको थियो ।

श्रद्धाञ्जलीका लागि उनको शव शुक्रबार बिहान ९ बजे देखि १० बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने भएको छ। वली दाङ क्षेत्र नं.३ खबाट निर्वाचित प्रदेश सांसद हुन्।

WRITE COMMENTS FOR THIS ARTICLE