Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

भारतीय गुप्तचर ‘रअ’ प्रमुखले प्रधानमन्त्री ओलीसँग भेटेको पुष्टि

६ कात्तिक
काठमाडौँ – बुधबार अचानक काठमाडौँ आएका भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि भएको छ ।

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच बुधबार बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाउनुभएको छ ।

‘भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ,’ थापाले एक वक्तव्य जारी गर्दै भन्नुभएको छ, ‘उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो ।’

सो भेटका क्रममा रअ प्रमुख गोयलले नेपाल(भारतबीच मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नुभएको थापाको भनाइ छ । केही महत्वपूर्ण भेट गरेर गोयलको टोली बिहीबार नै भारत फर्किसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE