सांसद्हरुको खरिद बिक्री हुने सम्भावना बढ्यो : परराष्ट्र मन्त्री ज्ञवाली
१५ फागुन
काठमाडौं – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् ।
नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीति बिहिन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिद बिक्री हुने थलो बन्ने खतरा बढेको बताएका हुन् ।
‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं। हामी विधिको शासनमा विश्वास गर्ने शक्तिहरु हौं । हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं । न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ’ ज्ञवालीले भने,‘हामी त्यसलाई कार्यान्वयन गर्छौं ।
तर कतै फेरि संसद् सांसदहरूको खरिद बिक्रीको थलो बन्ने त होइनरु कतै सांसद् फेरि दलहरूको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन ?’ मन्त्री ज्ञवालीले देश भित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE