Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौँ –श्रीमतीको हत्या गरी फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । गुल्मीको मदाने गाउँपालिका ६ पनाहाका ३२ वर्षीय दुर्गा नेपालीेलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमती सीता नेपालीलाई कुटपिट गरी हत्या गरेर नेपाली शुक्रबार फरार भएका थिए । श्रीमतीको हत्या गरेर भागेका नेपालीलाई आज आइतबार बिहान जंगलमा लुकिरहेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यलय पुरकोटका इन्स्पेक्टर रविराज थपलियाले बताए ।

अहिले नेपालीलाई जिल्ला प्रहरी कार्यलयमा लैजाने तयारी भएको उनले जानकारी दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE