Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

बागलुङमा कोरोनाबाट जनप्रतिनिधिको मृत्यु

२१ वैशाख, बागलुङ – बागलुङको ताराखोला गाउँपालिकामा कोरोना संक्रमणबाट एक जना जनप्रतिनिधिको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट गाउँपालिका कार्यपालिका सदस्य ३० वर्षीया तेजुमाया परियार भण्डारीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिनुभयो ।

उहाँको धौलागिरि अस्पतालमा आइसियुमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

भण्डारी ताराखोला गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित महिला सदस्य हुनुहुन्छ ।

उहाँलाई गत १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । गाउँपालिकामा हाल १२ जना संक्रमित रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE