Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

साउन ६ गतेदेखि नेवानिको जहाजले चीनबाट खोप ल्याउने

साउन ६ गते देखि नेवानिको जहाजले चीनबाट खोप ल्याउने

१ साउन, काठमाडौं– कोभिड–१९ विरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको जहाज साउन ६ गते चीन उड्ने भएको छ । चिनियाँ खोप ‘भेरोसेल’ लिनका लागि नेवानिको जहाज जान लागेको हो ।

चिनियाँ खोप उत्पादक कम्पनीले नेपाललाई खोप दिने तयारी पूरा नगरेकाले निगमको जहाज जान केही ढिलाइ भएको हो ।

यसअघि निगमको जहाज असार ३१ गते चीन जाने तालिका रहेको थियो ।

नयाँ तालिकासँगै आगामी बुधबार मात्रै नेपाल वायुसेवा निगमको वाइडबडी त्यसतर्फ जाने भएको हो।

निगमको जहाजले साउन ६ देखि तीन उडानमार्फत खोप ल्याइने निगमका अपरेशन विभाग प्रमुख दीपुराज ज्युहार्चनले बताए । उनका अनुसार चीनसँग खरिद गरिएको खोप लिन साउन ६ साँझ जहाज गएर साउन ७ गते बिहान खोप लिई नेपाल फर्कनेछ ।

यस्तै साउन ७ गते त्यही जहाज चीन जानेछ। साउन ८ गते र साउन ९ गते पनि गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ।

नेपाल सरकारले चीन सरकारसँग नन डिस्क्लोजरु सम्झौतानुसार ‘भेरोसेल’ खोप किनेर ल्याउन थालेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE