Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

त्रिविका स्नातक तहका रोकिएका परीक्षा साउन ५ गतेदेखि

त्रिविका स्नातक तहका रोकिएका परीक्षा साउन ५ गतेदेखि

११ असार, काठमाडौं– त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित परीक्षा साउन ५ देखि सुरु गर्ने भएको छ ।

कोरोना महामारीका कारण रोकिएका स्नातक तहका स्थागित परीक्षा त्रिविले साउन ५ देखि सुरु गर्न लागेको हो ।

परीक्षा सुरु गर्नका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको समय तालिका पनि प्रकाशित गरिसकेको छ ।

प्रकाशित तालिका अनुसार त्रिविले स्नातक दोस्रो वर्षका स्थगित भएका परीक्षा साउन ५ र प्रथम वर्षका परीक्षा साउन १० देखि सुरु गर्ने जनाएको छ ।

त्रिविले वार्षिक परीक्षा प्रणाली अन्तर्गत चारवर्षे र तीनवर्षे स्नातक तह द्वितीय वर्षको मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवम् प्राइभेट (आंशिक) परीक्षा वैशाख १३ गतेपछि स्थगित गरिएको थियो ।

त्रिविले परीक्षार्थीहरुले आफूले परीक्षा दिनुपर्ने विषय र कोड यकिन गरेर मात्र परीक्षा दिन विद्यार्थीलाई जानकारी गराएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE