Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउछ : प्रधानमन्त्री देउवा

 ४ अश्विन काठमाडौँ –प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार छिट्टै हुने बताउनुभएको छ। आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्कने क्रममा पत्रकारहरूको प्रश्नमा देउवाले मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताउनुभएको हो ।

‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ,’ उहाँले भन्नुभएको हो। प्रधानमन्त्री देउवाले कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री तथा कांग्रेसबाट एक राज्यमन्त्री बनाउनुभएको छ। सरकार गठन भएको दुई महिनाभन्दा धेरै भइसके पनि अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । केपी ओली नेतृत्वको सरकार ढालेर गठबन्धनको सरकारको नेतृत्व गरेका देउवाले पाँच सदस्यीय मन्त्रिपरिषद्कै भरमा सरकार चलिरहेको छ।

नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो।

 

WRITE COMMENTS FOR THIS ARTICLE