Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

रेल विभागका महानिर्देशकसँग सरकारले माग्यो स्पष्टीकरण

रेल विभागका महानिर्देशकसँग सरकारले माग्यो स्पष्टीकरण

१९ साउन, काठमाडौं– सरकारले रेल विभागका महानिर्देशकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशक गुरु भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

विभागले विभिन्न ठेक्कापट्टाका विषयमा निकै नै चलखेल गरेको गुनासो सुनिँदै आएको थियो । विशेषगरी काँकडभिट्टादेखि सुनसरी–इनरुवासम्मको रेल्वे लाइनसम्बन्धी ठेक्कामा चलखेल भएको बताइँदै आएको छ ।

सरकारले उनलाई पदबाट हटाउने योजनाका साथ स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE