संसद विघटन सम्बन्धी मुद्दा : संबैधानिक इजलासमा बहस सुरु
२ माघ
काठमाडौं – सर्वोच्च अदालतको संबैधानिक इजलासमा संसद विघटन सम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको छ । आज संसद विघटनविरुद्ध दायर भएका एक दर्जन रिटको सुनुवाइ संवैधानिक इजलास या बृहद् पूर्ण इजलासमा हुने रु भन्ने टुंगो लाग्ने बताइएको छ ।
गत बुधबार संवैधानिक इजलास गठन भएपनि संसद विघटन सम्बन्धी मुद्दा बृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्ने विषयमा सीमित भएको थियो । रिट निवेदकका कानून व्यवसायी र विपक्षी सरकारी वकिलबीच इजलासका विषयमा राय बाझिएको छ ।
सोही विवादको टुंगो लगाउन सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको, उक्त बहस सकिएसँगै संसद विघटन गर्नु ‘संवैधानिक’ कि ‘असंवैधानिक’ भन्ने विषयमा बहस हुने बताइएको छ ।
गत बुधबार रिट निवेदकका कानून व्यवसायीहरुले बृहत् पूर्ण इजलासबाट विवाद टुंगो लगाउनुपर्ने माग दोहो¥याएका थिए । तर, सरकार पक्षका कानून व्यवसायीले संवैधानिक इजलास गठन भइसकेको अवस्थामा बृहतमा लैजान नमिल्ने दाबी गरेका छन् ।
गत बुधबार बिहान अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वमा संवैधानिक इजलास पुनर्गठन गरेको थियो । रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेकोको संवैधानिक इजलास गठन भएको हो ।
गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी हुन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE