सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो
१९ फागुन
काठमाडौँ — सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै (बुधबार) दुवै पक्ष वार्तामा बस्नु भएको थियो ।
सरकारी पक्षका वार्ता टोली सदस्य राजन भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिनु भएको छ । वार्तामा भट्टराईसहित गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी हुनु भएको थियो।
गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले बुधबारको वार्तामा आगामीका वार्ताका लागि मोडालिटी सम्बन्धी प्रारम्भिक छलफल भएको बताउनु भयो । यससँगै नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयसँग थुनामा रहेका चन्द समूहका नेता कार्यकर्ताको विस्तृत विवरण झिकाएर अर्को चरणमा थप छलफल गरिने बताउनु भएको छ ।
चन्द समूहले मंगलबार प्रवक्ता विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरेको थियो । चन्द समूहले जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने, पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायत सर्त अघि सार्नु भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE