Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाको प्रथम सम्मेलन हुने

७ मंसिर, दोरम्बा – नेकपा (माओवादी केन्द्र) रामेछाप दोरम्बा शैलुङ गाउँपालिकाको ऐतिहासिक प्रथम सम्मेलन हुने भएको छ । उक्त सम्मेलन यहीँ मंसिर ११ गते  गाउँपालिका केन्द्र टोकरपुरमा हुने भएको हो ।

सशक्त क्रान्तिकारी पार्टी निर्माण हाम्रो अभियान ।समाजवादी क्रान्तिको दिशामा अघि बढ्न प्रथम गाउँपालिका सम्मेलन भन्ने मुल नाराको साथ सम्मेलन हुन लागेको हो ।

 

 

दोरम्बा हत्याकाण्डले चर्चित ठाँउमा माओवादीले प्रथम सम्मेलनको तयारी  पूरा भएको प्रचारप्रसार विभाग संयोजक मेचमान योन्जन (संगम) ले बताउनु भयो ।

सम्मेलन भब्य रूपमा सम्पन्न गर्नको लागि सबै नेता कार्यकर्ता लागि परिरहेको योन्जनले बताउनु भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE