उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, केही खुकुलो हुन सक्ने
उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, केही खुकुलो हुन सक्ने
२८ जेठ, काठमाडौं– काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि जारी रहेको निषेधाज्ञा फेरि थप्ने तयारी गरिएको छ। उपत्यकामा कोरोना सङक्रमण घटेपनि जोखिम अझै बढी रहेकोले निषेधाज्ञा लम्बिन सक्ने बताइएको छ ।
लकडाउन के गर्ने भन्ने बारेमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल भइरहेको छ। यसअघि बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएको यसलाई केही खुकुलो बनाइ १० बजेसम्म खुल्न दिइने बारेमा छलफल भैरहेको बताइएको छ ।
निषेधाज्ञा लम्बिए पनि केही खुकुलो भने बनाउने तयारी छ ।
उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गते सकिदैछ । यसैको पूर्वसन्ध्यामा निषेधाज्ञा खुकुलो बनाउने विषयमा छलफलहरू भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
‘मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नभएका कारण निषेधाज्ञा लम्बिने सम्भावना छ,’ पराजुलीले भन्नुभयो, ‘अहिलेको निषेधाज्ञाको संक्रमणदर हेरेर निषेधाज्ञा के गर्ने भन्ने विषयमा आवश्यक निर्णय लिइन्छ,’ पराजुलीले भने।
जेठ ३१ सम्म जारी निषेधाज्ञापछि यसको मोडालिटीमा परिवर्तन ल्याइने सक्ने र सवारीसाधनमा जोरबिजोर लगाउन सकिने बताइएको थियो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE