रामेछापमा कोरोना संक्रमण एकैदिन थपिए १८० जना
१० जेठ, काठमाडौँ – रामेछाप जिल्लामा अहिलेसम्म कै धेरै कोरोना संक्रमित थपिएका छन् । रामेछापमा आज सोमबार मात्र एकैदिन १ सय ८० जना कोरोना संक्रमित थपिएका हो ।
आज संक्रमित हुनेमा मन्थली नगरपालिका ६९ जना, दोरम्बा गाउँपालिकाका ४५ जना, लिखु तामाकोसी गाउँपालिकाका ४३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भवुन थापाले जानकारी दिनुभएको हो ।
साथै सुनापती गाउँपालिकामा २१ जना र उमाकुण्ड गाउँपालिकामा २ जना रहेका छन् । अहिले सम्म कोरोना संक्रमित जिल्लामा ३ सय २७ जना उपचारपछि निको भएको छ भने सक्रिय संक्रमित संख्या ४ सय ९५ जना रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE