Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

कांग्रेससँग पनि जसपाले राख्यो तीन बुँदे शर्त

२८ फागुन
काठमाडौँ –
जनता समाजवादी पार्टी र नेपाली कांग्रेसबीच छलफल भएको छ । सम्भावित सत्ता समीकरणबारे जनता समाजवादी र नेपाली कांग्रेसका शीर्ष नेतृत्वबीच छलफल भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न जसपा नेता देउवा निवास बुढानिलकण्ठ पुग्नु भएको थियो । शुक्रबारको भेटमा बाबुराम भट्टराई पनि उपस्थित भएको थियो ।

छलफलमा समीकरणका लागि जसपाले अघि सारेको सांसद रेशम चौधरीको रिहाइ, कार्यकर्तामाथिको राजनीतिक मुद्दा फिर्ता , संविधान संशोधनलगायतका एजेण्डा नै दोहोर्‍याएको थियो ।

जसपाको शर्तमा सभापति देउवा पनि सकरात्मक देखिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE