प्रधानमन्त्रीद्वारा दशैँको शुभकामना सन्देश : निशान छापको नक्सामा लिम्पिराधुरा गायब !
७ कार्तिक
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दशैँको शुभकामना सन्देश दिँदा प्रयोग भएको निशान छापमा लिम्पियाधुराबिनाको नक्सा देखिएको भन्दै आलोचना भएको छ । प्रधामन्त्री ओलीले ट्वीटरमार्फत र्सावजनिक गनुभएको निशान छाप प्रयुक्त शुभकामना सन्देश जारी गर्नुभएको थियो ।
शुक्रबार फूलपातीको अवसरमा सार्वजनिक गर्नुभएको उक्त सन्देशसहितको तस्वीरमा सबैभन्दा माथि निशान छाप र तसमुनि सन्देश लेखिएको छ । त्यहाँ भनिएको छ, ‘२०७७ सालको बडा दशैंको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना १’ र दायाँ साइडमा नमस्ते गरिरहेको प्रधानमन्त्रीको तस्वीर पनि छ ।
उक्त सन्देशमा प्रयुक्त निशान छापमा पुरानै नक्सा देखिएको छ । यसको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ । जबकि प्रधानमन्त्री ओलीकै निर्देशनमा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा जारी भएको थियो भने त्यसलाई निशानछापमा समावेश गरेर संवैधानिक मान्यता दिन संविधान संशोधन पनि भएको थियो ।
तर भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त गोयल काठमाडौँ आएर प्रधानमन्त्री ओलीलाई भेटेकै दुई दिनपछि भने ओलीकै शुभकामना सन्देशमा पुरानै निशान छाप देखिनु अचम्मलाग्दो कुरो भएको भन्दै आलोचना बढेको छ । उक्त सन्देशलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत नै यो सामान्य त्रुटि नभएको भन्दै आलोचना गर्नुभएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE