Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

नेप्सेमा गिरावट

१८ फागुन
काठमाडौं –
मंगलबार नेप्से ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५९ दशमलव ७० अंकले ओरालो लागेको हो । नेप्से परिसूचक घटेर मंगलबार २ हजार ४ सय ५५ दशमलव ३३ अंकमा झरेको छ । कारोबार हुने अधिकांश समूहहरुको सबइन्डेक्स घटेर राताम्मे देखिएको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ८० अंकले ओरालो लागेको छ ।

नेप्से परिसूचक मात्रै होइन कारोबार रकम पनि गिरावट आएको छ । सोमबारको तुलनामा कारोबार रकम ५० करोड रुपैयाँ भन्दा कम भएको छ । बुधबार कारोबार रकम ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैयाँमा सिमित भयो ।

व्यापार र पर्यटनले भने कमाए
मंगलबार नेप्सेमा कारोबार हुने १३ सबइन्डेक्स मध्ये २ वटा भने बढेर हरियो देखिएका छन् । नेप्से परिसूचक ५९ अंक भन्दा धेरैले घट्दा पनि व्यापार समूहको सव इन्डेक्स ९ दशमलव १८ प्रतिशत अर्थात २७८ दशमलव ४९ अंकले बढेको छ ।

अर्को होटल एण्ड पर्यटन समूहको सवइन्डेक्स पनि ० दशमलवग ८ प्रतिशत अर्थात १६ दशमलव ८६ अंकल बढेको छ । यी दुई समूह बढेपनि अन्य सबै समूह घट्दा समग्रमा बजार घटेको छ । बैंकिङ समूहको सबइन्डेक्स २.५० अंकले घटेको छ भने विकास बैंक २.३३ र जलविद्युत २.०८ अंकले घटेको छ ।

यसैगरी फाइनान्स १.९८, निर्जिवन बिमा २.६५, उत्पादनमूलक २.७६, लघुवित्त २.६१ र अन्य समूह २.१२ अंकले घटेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE