Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

देउवा र प्रचण्डबीचको भेटवार्ता सकियो

३० वैशाख, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।

भेटवार्तामा सभापति देउवाले जसपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुसँगको छलफलका जानकारी अध्यक्ष प्रचण्डलाई जानकारी गराउनु भएको थियो ।

यस्तै पछिल्लो समीकरणका बारेमा पनि दुई नेताबीच छलफल भएको थियो । राष्ट्रपतिले दिएको समयसीमाभित्र बहुमतको सरकार गठनका लागि दलहरुको दौडधुप जारी रहेका बेला दुई पार्टीका प्रमुखबीच भेटवार्ता भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE