Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

करिब ३ घण्टापछि सुचारु भयो हवाई उडान

१३ चैत्र
काठमाडौं
– राजधानी उपत्यकामा सुक्खा धुलो मिश्रित हावाका कारण तुवाँलो बढेपछि रोकिएको हवाइ उडान सुचारु भएको छ। करिब २ घण्टा ४५ मिनेट समय विमानस्थल पूर्णरूपले बन्द गरिएको नागरिक उड्यन प्राधिकरणको प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

आज मध्यान्हपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र तराईका विभिन्न भागमा हुने उडान र अवतरण कार्य बन्द गरिएको थियो।

अहिले भने विमानस्थल खुला गरिएको छ। यो अवधिमा कति आन्तरिक र अन्तराष्ट्रिय उडान प्रभावित भए भन्ने बारे केही बेरमा जानकारी दिने प्रवक्ता क्षत्रीले बताए।

भारतबाट उडेर आएको धुलोका कारण शुक्रबार उपत्यकामा धुम्म भएको छ। मानिसहरुलाई आँखा पोल्ने र घाँटी खसखसाउने लगायतका समस्या महशुस गरेका छन्।

भारतको राजस्थान, हरियाणा, पन्जावमा फैलिएको थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकामा देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

हङकङबाट आएको क्याथेफिक कार्गो विमान दिल्लीमा अवतरण गरिएको र करिब एक घण्टापछि पुन नेपाल आउने विमानस्थल स्रोतले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE