Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

तान्जानियाका राष्ट्रपति मागुफुलीले मुलुकमा कोरोना संक्रमण फैलिएको स्वीकार

१० फागुन

 काठमाडौं – विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले तान्जानियालाई कोरोना भाइरस कोभिड–१९ को महामारी नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन् । पछिल्लो समय तान्जानियामा उल्लेख्य संख्यामा कोरोना संक्रमण फैलिरहेको अवस्थामा डब्ल्यूएचओले यस्तो आग्रह गरेका हुन ।

 

तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले लामो समयदेखि कोरोना महामारीको बेवास्ता गर्दै आएका छन् । उनले बारम्बार भगवान्को सहयोगमा तान्जानियाले कोरोना महामारीलार्य जितेको दाबी गर्दै आएका छन् । साथै उनले महामारी नियन्त्रणको लागि आवश्यक कदम चाल्न पनि अस्वीकार गर्दै आएका छन् ।

 

यद्यपि पछिल्लो समय सरकारका वरिष्ठ अधिकारीमा नै कोरोना संक्रमण देखिएसँगै राष्ट्रपति मागुफुलीले मुलुकमा कोरोना संक्रमण फैलिएको स्वीकार गरेका हुन् । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले तान्जानियाबाट अन्य मुलुकमा आएका मानिसहरुमा पनि कोरोना संक्रमण पुष्टि भएकाले तान्जानियामा यो संक्रमण फैलिरहेको पुष्टि भएको बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE