Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

बिराजको ‘साङ्लो’लाई गाउँपालिकाले दियो १० लाख

काठमाडौँ  – नायक बिराज भट्टको साथमा नायिका निकिता चण्डकको मुख्य भूमिका रहेको चलचित्र ‘साङ्लो’ यति बेला निर्माणाधिन छ । डोटी जिल्लामा अहिले चलचित्रको गीतको छायाङ्कन भइरहेको छ । चलचित्रले डोटीको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने निष्कर्षका साथ डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको लागि छुट्ट्याएको १० लाख रुपैयाँ चलचित्र निर्माणमा खर्च गर्ने भएको छ ।

जेठ २७ गते बसेको जोरायल गाउँपालिकाको बैठकले उक्त निर्णय गरेको हो । निर्णयसँगै यसको चौतर्फी आलोचना भइरहेको छ । गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाका अनुसार आफ्नो ठाउँको संस्कृति त्यहाँको सुन्दर ठाउँहरू चलचित्रमा देखाइएको छ त्यसैले डोटीको पर्यटन विकासका उक्त रकम दिइएको हो ।

उनले निर्माण टिमलाई खान, बस्न र यातायात खर्चका लागि बजेट दिएको खुलाए । चलचित्रमा अध्यक्ष ओझाले पनि अभिनय गरेका छन् र आफू अभिनय गर्नको लागी उक्त पैसा दिएको आरोप उनलाई लागिरहेको छ । तर उनले यो कुरा स्विकारेका छैनन् । यस सम्बन्धी चलचित्रका निर्माता निर्देशक बिराज भट्टले भने केही बोलेका छैनन् ।

WRITE COMMENTS FOR THIS ARTICLE