इजरायलले नेपाललाई दियो २० करोड बराबरको स्वास्थ्य सामाग्री
इजरायलले नेपाललाई दियो २० करोड बराबरको स्वास्थ्य सामाग्री
२४ असार, काठमाडौं– इजरायलले नेपालकालागि सहयोग स्वरुप पठाएको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ ।
नेपाल वायुसेवाको निगमको २३५३ ‘चार्टड फ्लाईटमार्फत उक्त सामग्री काठमाडौं आइपुगेको हो ।
उक्त सामाग्री बिहीबार विहान ११ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।
बिहान नेपाल आइपुगेको उक्त सामाग्री नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोलीले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
इजरायलबाट आएका सामाग्रीमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, औषधि, पिपिई, थर्मल गन रहेका छन् ।
इजरायलले कोरोनाको उपचारसँग सम्बन्धित करिब २० करोड रुपैयाँ मूल्य पर्ने स्वास्थ्य सामाग्री पठाएको हो ।
इजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यको पहलमा इजरायलले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण नेपाल पठाएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE