Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

उपत्यकामा संक्रमितको शव व्यवस्थापन गर्न नयाँ ठाउँ खोज्ने

२१ वैशाख, काठमाडौँ –  सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको शव व्यवस्थापन गर्ने थप स्थान खोज्ने निर्णय गरेको छ ।

गृह मन्त्रालय मातहत रहेको कोभिड–१९ व्यवस्थापन, समन्वय तथा सहजीकरणका लागि बनेको समितिले शव व्यवस्थापनका लागि नयाँ स्थान पहिचानका लागि स्थानीय तहलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

हालसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको शव पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि हुँदै आएको थियो । तर पछिल्ला दिनमा संक्रमितको मृत्यु बढेपछि विद्युतीय शवदाह गृह नजिकै वाग्मती नदी किनारमा व्यवस्थापन गर्न थालिएको थियो ।

गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव जनकराज दाहाल नेतृत्वको समितिले कोरोना संक्रमितको उपचारका लागि अस्पतालअनुसार उपलब्ध बेड संख्या, आईसीयू र भेन्टिलेटरको संख्या सार्वजनिक गर्न आग्रह गरेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE