Date
आइत, कार्तिक ७, २०७८
Sun, October 24, 2021

गाल्पा, दोरम्बा र टोकरपुर सडक कालोपत्रे हुँदै, प्रदेश सरकार र गाँउपालिकाबिच भयो सम्झौता

  • सिंह राज योन्जन

१ चैत
काठमाडौँ – बागमति प्रदेश सरकार र दोरम्बा गाँउपालिकाबिच सडक कालोपत्रे गर्ने सम्झौता भएको छ । गाल्पा दोरम्बा टोकरपुर सडक कालोपत्रेको लागि आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सडक कालोपत्रेका लागि प्रदेश सरकारले १० प्रतिशत, गाँउपालिकाको २० प्रतिशत र संघीय सरकारको ७० प्रतिशत बजेट उपलब्धतामा सडक कालोपत्रे गरिने सम्झौता गरिएको दोरम्बा २ का वडाध्यक्ष खड्कबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

बजेट वर्षदेखि कार्यन्वन हुने गरी सम्झौता गरिएको छ, तर प्रदेश सरकारले निकासा गर्ने बजेट तह तहमा भुक्तानी गरिने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

उक्त सम्झौतामा दोरम्बा गाउँपालिकाको तर्फबाट पालिका प्रमुख कमानसिहं मोक्तान र बागमती सरकारको तर्फबाट डा. सहदेब बहादुर भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE