१५ मिनेट स्थगित भएर सुरु भएको प्रतिनिधिसभाको दोस्रो बैठकमा एमाले सांसदहरुको नाराबाजी सुरु
२७ भदौ, काठमाडौँ – प्रतनिधिसभाको दोस्रो बैठकमा पनि एमालेले अवरोध कायम रहेको छ । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले राष्ट्रमनजिक पुगेर नाराबाजी गरेको भिडियोमा देख्न सकिन्छ ।
संसदीय मर्यादा कायम गर्नुपर्ने, गैरसांसदलाई संसद्मा प्रवेश निषेध गर, पार्टी फुटाउने सरकार मुर्दावाद लगायतका नारा लगाइको छ ।
यसअघि पहिलो बैठकमा पनि एमाले सांसदहरुको नाराबाजी थियो । एमालेले अवरोध कायम राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेट स्थगित् गर्नुभएको थियो ।
त्यसपछि सभामुख संसद् अवरोध खुलाउनको लागि एमाले सांसदहरुसँग छलफलमा बस्नुभएको हो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE