आफूले प्रधानमन्त्रीलाई भनेकै कुरा अहिलेको फैसला : सुवास नेम्वाङ
१२ फगुन
काठमाडौं – नेकपा ओली पक्षका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै अब संसदबाटै बाँकी विषय टुंगोमा पुर्याउनुपर्ने बताउनु भएको छ ।
फैसलामा संसद बोलाउने भन्ने छ, सोही अनुसार प्रधानमन्त्री ज्यू लाई संसद बोलाउन सुझाव दिन्छौ र संसदबाटै बाँकी विषयमा छलफल गर्छौं’ उनले भने, ‘आफूले प्रधानमन्त्रीलाई भनेकै कुरा अहिले फैसला आएको छ ।’
प्रधानमन्त्री ओलीलाई आफूले पटक पटक प्रतिनिधि सभा विघटनतर्फ जानुहुँदैन भनेर सुझाव दिएको समेत बताएनु भयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE