Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

विरोधका लागि विरोध गर्ने प्रवृत्तिका बाबजुद सरकारले विकासलाई तीव्रता दिएको छ : प्रधानमन्त्री

१ चैत
काठमाडौँ –
प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधका लागि विरोध गर्ने प्रवृत्तिका बाबजुद सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न विकास निर्माणका कामलाई तीव्रता दिएको बताउनु भएको छ ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयद्वारा आइतबार आयोजित प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले केहीले विरोधकै लागि भए पनि विरोध गर्ने गरेको आरोप लगाउनु भयो  ।

‘विरोधका लागि विरोध, जसरी पनि विरोध गर्ने प्रवृत्ति, आफ्नो स्वार्थ पूरा गर्नका लागि हिरिक्क हुने प्रवृत्ति भएको देशमा हामीले दिगो विकास दृढताका साथ तीव्र गतिमा अघि बढाएका छौं,’ उहाँले भन्नु भयो, ‘यसलाई स्थायित्व र निरन्तरता दिनुपर्छ ।’

उहाँले विकासलाई जनताको जीवनसँग जोड्नुपर्ने खाँचो औंल्याए । ‘जनताको जीवन हाम्रा निम्ति सबैभन्दा महत्वपूर्ण छ,’ उहाँले भन्नु भयो, ‘त्यसका निम्ति हाम्रा सम्पूर्ण प्रयास केन्द्रित गरेका छौं ।’

 

WRITE COMMENTS FOR THIS ARTICLE