रामचन्द्र पौडेलले बोलाए आफ्नो समूहको केन्द्रीय समिति बैठक
२५ साउन, काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको बैठक बोलाएका छन् ।
महामन्त्री डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा ३ बजेपछि बस्ने बैठकमा महाधिवेशन सुनिश्चितताबारे छलफल हुनेछ ।
पौडेल पक्षले सभापति शेरबहादुर देउवा महाधिवेशन गर्न अनिच्छुक रहेको र विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको आरोप लगाउँदै आएको छ ।
बैठकमा भोलि बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने धारणाबारे छलफल हुनेछ ।
यसअघि आजै बिहान पौडेलले महाधिवेशन गर्न असफल भन्दै सभापति शेरबहादुर देउवामाथि कटाक्ष गरेका थिए । पौडेलले पटक(पटक असफल भएका व्यक्ति नै सत्तामा पुगेको बताएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE