बाँकेमा ट्रक पल्टिदा ड्युटीमा रहेकी प्रहरी जवानको मृत्यु
९ फागुन, काठमाडौं – बाँकेमा ट्रक पल्टिँदा एक प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत शमशेरगन्जबाट नेपालगगन्जतर्फ जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुर चौराहमा ड्यूटीमा रहेकी प्रहरी जवान कविता बिसीको घटनास्थलमै मृत्यु भएको हो।
ट्रक अनियन्त्रित भई पल्टिँदा बुढाथोकी च्यापिएको प्रहरीले जनाएको छ। ठाकुरबाबा नगरपालिका ७, बर्दियाकी बिसी इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत थिइन्।
ट्रक चालक बबई गाउँपालिका ६, दाङका लोकराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE