Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

मेरो ज्यान तलमाथि भयो भने अनौँठो नमान्नुहोला :प्रधानमन्त्री ओली

७ फागुन
पोखरा –
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौँठो नमान्न भन्नुभएको छ । सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा आफूमाथि हमला हुनसक्ने बताउदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अहिले सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला ।’

आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ । ‘म रहिँन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’

WRITE COMMENTS FOR THIS ARTICLE