किजापूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने
२६ कात्तिक
काठमाडौं – सोमबारको मन्त्रिपरिषद् बैठकले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर २ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको बुधबार गृहमन्त्रालयले जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितीले यसबर्षको कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन तोकेको छ । जसमा कात्तिक २९ गते बिहान कुकुर तिहार रहेको छ । र, बेलुका लक्ष्मी पूजा रहेको जनाएको छ । तर नेवास् समुदायले २९ गते नरक चतुर्दशीका दिन लक्ष्मी पूजा नगर्ने जनाएपछि सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नेवा समुदायले म्हपूजा र मंसिर १ गते गोवर्द्धन पूजा तथा भाइपूजा गर्ने बताएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितीले भने कुकुर तिहार २९ गते बिहान र साँझ लक्ष्मी पूजा गर्ने बताएको छ । त्यस्तै ३० गते गाईरगोरु पूजाको साइत रहेको बताएको छ ।
नेवास् समुदायले मंसिर १ गते नेपाल संवत् नयाँ वर्षको पहिलो दिन म्हपूजा र मंसिर २ गते मंगलबार किजापूजा अर्थात भाइटीका मनाउदैछन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE