कांग्रेस रामेछाप जिल्लाको सभापतिमा कान्छाराम तामाङ

१८ आश्विन, रामेछाप – नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापतिमा कान्छाराम तामाङ निर्वाचित भएका छन् । जिल्ला सभापतिका लागि तीन जना उम्मेदवार रहेकोमा पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि सोमबार दोस्रो चरणको चुनावको तयारी थियो ।
तर पहिलो चरणमा सबैभन्दा बढि मत ल्याएका कान्छाराम तामाङलाई दोस्रो बढि मत पाएका लबश्री न्यौपानेले समर्थन गर्नुभएको हो। पहिलो चरणमा तामाङले ६६८ मत पाउनुभएको थियो भने उहाँका निकटम प्रतिस्पर्धी न्यौपानेले ३५६ र अर्का उम्मेदवार कृष्णबहादुर महतले ३२८ मत पाउनुभएको थियो।
दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच निर्वाचन हुने कांग्रेस विधानको व्यवस्था छ। दोस्रो मत पाएका न्यौपानेले समर्थन गरेपछि तामाङ सर्वसम्मत सभापति निर्वाचित हुनुभएको हो। तामाङ पार्टी संस्थापन समूह निकट हुनुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुनुहुन्थ्यो।


RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE