Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

एमाले विवाद समाधान कार्यदलको बैठक सुरु

एमाले विवाद समाधान कार्यदलको बैठक सुरु

२३ असार, काठमाडौं– एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ ।

कार्यदल बैठक अघि माधव नेपाललाई भेट्न भीम रावल कोटेश्वर पुगेका थिए। यस अघि सोमबार र मंगलबार पनि कार्यदल बैठक बसेको थियो।

हिजो बसेको कार्यदलको बैठकले पार्टी एकीकरणको मस्यौदा तयार पार्ने नेताहरुले बताएका थिए। यद्यपि अन्य कुरामा भने बैठक निष्कर्षमा पुग्न सकेको छैन ।

प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन भएयता बढी विवादित भएको एमालेको दुई खेमालाई मिलाउन दोस्रो तहका नेताहरु अहिले सक्रिय छन् ।

विवाद समाधान हुन २०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बताउँदै आएको छ ।

यता ओली समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताउँदै आएका छन्।

हस्ताक्षर फिर्ता लिए संसद पुनःस्थापना भए पनि आफ्नो पार्टी बलियो हुने ओली समूहको बुझाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE