Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

एक दिनका लागि ६२ जना किशोरीले स्थानीय तहमा जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दै

१९ आश्विन,काठमाडौं – मुलुकभरका ६२ जना किशोरीले एक दिनका लागि स्थानीय तहमा जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दैछन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा अक्टोबर ११ तारिखका दिन प्लान इन्टरनेशनलले हामी दाजुभाइसँगको सहकार्यमा गर्न लागेको ‘गल्स टेकओभर’ कार्यक्रम अन्तरगत ६२ जना किशोरीले जनप्रनिधिको जिम्मेवारी सम्हालन लागेका हुन् ।

सुनसरी, सिन्धुली, बाँके, बर्दिया, जुम्ला, मकवानपुर र कालीकोट जिल्लाका ३१ स्थानीय तहका विभिन्न पदमा रहेर किशोरी तथा बालिकाले भर्चुअल माध्यमबाट बालिका तथा किशोरीमा हुनसक्ने जोखिम र यसका फाइदा–बेफाइदा तथा सदुपयोगबारे जनप्रतिनिधिसँग छलफल गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा उनीहरुले मंगलबारदेखि नै आगामी सोमबारसम्म विभिन्न पदभार ग्रहण गरी काम गर्ने जनाइएको छ।

अब आउने मंगलबार बाँकेको वैजनाथ गाउँपालिकामा महिला तथा बालिका शाखा प्रमुखको जिम्मेवारी स्थानीय १८ वर्षका अनु रावतले सम्हाल्नु हुनेछ ।  यसैगरी सिन्धुलीको गोलन्जोर गाउँपालिकाको वडाध्यक्षको जिम्मेवारी स्थानीय १८ वर्षका सुमित्रा अछामीले अर्को हप्ताको शुक्रबार जिम्मेवारी सम्हाल्नु हुनेछ । एक दिन वडाध्यक्ष भएर सबै जनप्रतिनिधि, सम्बन्धित सरोकारवालासँग कुराकानी गर्ने तयारी गरिरहेको पत्रकार सम्मेलनमा अछामीले जानकारी गराउनुभयो।

यस्ता खालका अभ्यासले बालिका तथा किशोरीमा आत्मविश्वास बढ्नुका साथै सम्बन्धित निकायलाई पनि भर्चुअल माध्यमको महत्व, जोखिम, सदुपयोगका बारेमा काम गर्न दबाब पुग्ने प्लान इन्टरनेशन नेपालका निर्देशक प्रसिन खातीले बताउनुभयो । यो कार्यक्रमका लागि बालिका तथा किशोरीलाई पाँच दिनको तालिम दिएर तयार गरेको उहाँको भनाई छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE