छायाँश्वरी युवा क्लबद्वारा दोरम्बा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
७ जेठ, रामेछाप – छायाँश्वरी युवा क्लब दोरम्बा ६ लखनपुरले दोरम्बा गाँउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोभिड १९ को महामारीमा दोरम्बा गाउँपालिकाका लागि मास्क ८ हजार पीस, अक्सिमिटर ७पीस, थर्मल गन ७ पीस, सेनिटाइजर ३५६ लिटर ,सेनिटाइजर पम्म सेट ७ पिस, फेससिल्ड १८ पीस ,पन्जा ५० सेट क्लबको अध्यक्ष मिनेन्द्र दाहालले गाउँपालिका अध्यक्ष कमान सिंह मोक्तानलाई हस्तान्तरण गर्नुभएको हो । 
सो अवसरमा दोरम्बा गाउँपालिकाका वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत , क्लबकातर्फ बाट सल्लाहकार भिष्म गौतम, तोयाराज गौतम, रुद्र बहादुर भुजेल , उपाध्यक्ष रञ्जन गौतम , सचिब रत्न देवकोटा गाउँपालिका सूचना अधिकारी तथा अन्य कर्मचारीको उपस्थिति उक्त सामाग्री पालिकालाई हस्तान्तरण गरेको हो । उक्त हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष मोक्तानले सामाजिक कार्यका लागि क्लबलाइ बिशेष धन्यवाद दिनुभयो ।
छायाँश्वारी युवा क्लबले यस अघि पनि दोरम्बा ६ कार्यालयलाई कोभिड १९ को महामारीमाको बीचमा अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको थियो ।
आगामी दिनमा क्लबले रामेछाप जिल्ला भर सहयोग गर्ने क्लब अध्यक्ष दाहालले बताउनु भयो । स्वास्थ्य सामाग्री वडामार्फत स्वास्थ्य संस्थामा वितरण गरिने दोरम्बा गाउँपालिका सूचना अधिकारी उज्ज्वल पाठकले जानकारी दिनुभयो
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE