Date
शुक्र, चैत्र ३०, २०८०
Fri, April 12, 2024

आजदेखि खुलेको मैलुङ खोला जलविद्युतको आईपीओमा कति कित्ता आवेदन दिने ?

आजदेखि खुलेको मैलुङ खोला जलविद्युतको आईपीओमा कति कित्ता आवेदन दिने ?

१४ साउन, काठमाडौं– मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) का लागि आजदेखि आवेदन खुला भएको छ । कम्पनीको सेयर सर्वसाधारणका लागि आजदेखि खुला गरिएको हो ।

कम्पनीको ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले न्युनतम् १० कित्तादेखि आवेदन दिन पाइनेछ ।

कम्पनीको कुल निष्काशन भएको सेयरमध्ये ६ लाख ८४ हजार ७४६ कित्ता सेयर खरीदका सर्वसाधारणले आवेदन दिन पाउनेछन् । बाँकी ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE