बदलिदियो स्काइअप एयरलाइन्सले एयर होस्टेसको पोशाक (फोटो फिचर)
२२ आश्विन, एजेन्सी- संसारभरका एयरलाइन्सले आफ्ना एयर होस्टेसहरूका लागि स्टान्डर्ड पोशाक बनाएका हुन्छन्। आन्तरिकदेखि अन्तर्राष्ट्रिय उडानका एयर होस्टेसले हिल र स्कर्ट लगाएका हुन्छन्।
युक्रेनको स्काइअप एयरलाइन्सले भने यो पोशाक बदलिदिएको छ। उक्त एयरलाइन्सको जहाजमा यात्रुलाई स्वागत र विदाइ गर्ने एयर होस्टेसले अब स्निकर्स, ट्राउजर र सुट लगाउने छन्।
समाचार संस्था रोयटर्सका अनुसार युक्रेनको निजी कम्पनीद्वारा सञ्चालन गरेको उक्त बजेट एयरलाइन्सका एयर होस्टेसले अक्टोबर २२ देखि नयाँ पोशाक लगाउने छन्।
उडान इतिहासको अध्ययनपछि परम्परागत रूपमा बनाइएको पोशाकलाई परिवर्तन गरिएको उक्त कम्पनीले जनाएको छ।





RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE