Date
बिहि, भदौ २, २०७९
Thu, August 18, 2022

काठमाडौं उपत्यकामा मात्र ३ सय ५७ कोरोना संक्रमित थपिए

१८, भाद्र

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ४५ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४५ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ३ सय ५७ संक्रमित थपिएका छन् भने ललितपुरमा ४६ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ४२ जना संक्रमित देखिएका छन् ।

योसंगै शनिवारसम्म काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७ हजार ३ सय ४० पुगेको छ । यसमध्ये काठमाडौमा ५ हजार ६ सय २४, ललितपुरमा ८ सय ०७ जना र भक्तपुरमा ५ सय ९९ जना छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE